Nic Ad Nic Ad
Nic Ad Nic Ad

ट्रम्पद्वारा यूएसएडका महानिरिक्षक बर्खास्त

बुधबार, माघ ३०, २०८१

काठमाडौं– अमेरिकी जनताद्वारा सहयोग कार्यक्रम (यूएसएड) बन्द गराउने घोषणा गरेका राष्ट्रपति डोनल्ड ट्रम्पले फेरि नयाँ प्रहार गरेका छन्।

उनले यूएसएडका महानिरीक्षक पउल मार्टिनलाई बर्खास्त गरेका छन्।

मंगलबार युएसएडको महानिरीक्षकको जिम्मेवारीबाट हटाइएको र उक्त निर्णय तत्कालै कार्यान्वयन हुने भनेर ह्वाइट हाउसबाट मार्टिनलाई इमेल पठाइएको थियो।

उनलाई किन जिम्मेवारीबाट हटाइएको हो भनेर कारण भने नखुलाइएको समाचार संस्था रोयटर्सले जनाएको छ।

महानिरीक्षकको कार्यालयले युएसएडका कार्यक्रमहरूको निरक्षण गर्छ। सोमबार यसले  एक प्रतिवेदन सार्वजनिक गर्दै कर्मचारी कटौती गर्ने ट्रम्प प्रशासनको आलोचना गरेको थियो।

ट्रम्प र एलन मस्कले भनेजस्तो युएसएड आपराधिक संगठन नभएको पनि प्रतिवेदनमा उल्लेख छ।

त्यसरी प्रतिवेदन सार्वजनिक भएको एक दिनमै महानिरीक्षकलाई ट्रम्पले बर्खास्त गरेका हुन्। 
 

प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१  १३:४८
प्रतिक्रिया दिनुहोस्