सासुको हत्या अभियोगमा बुहारी पक्राउ
जनकपुर– धनुषाको जनकनन्दनी गाउँपालिका–५ मा सासुको हत्या गरेको अभियोगमा प्रहरीले बुहारीलाई पक्राउ गरेको छ।
६५ वर्षीया समुन्द्रीदेबी मण्डलको हत्या गरेको अभियोगमा उनकै बुहारी ३५ वर्षीया रक्षाकुमारी मण्डललाई प्रहरीले मंगलबार राति पक्राउ गरेको हो।
घरायसी वादविवादको क्रममा उनीहरूबीच झै–झगडा भई कुटपिट हुँदा समुन्द्रीको घटनास्थलमै मृत्यु भएको थियो।
इलाका प्रहरी कार्यालय खजुरीबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न रक्षाकुमारीलाई पक्राउ अनुसन्धान थालेको हो।
प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१ १४:०१
प्रतिक्रिया दिनुहोस्