Nic Ad Nic Ad
Nic Ad Nic Ad

बबरमहलमा ढल फुट्यो, फोहोर पानीले जलमग्न हुँदा सडक हिँड्नै सकस

बुधबार, माघ ३०, २०८१

काठमाडौं- काठमाडौंको बबरमहलस्थित जिल्ला अदालत अगाडि ढल फुटेको छ ।

ढलको फोहोर पानी सडकभरि फैलिँदा सवारी आवागमन प्रभावित भएको छ भने पैदलयात्रुहरूलाई हिँडडुल गर्न समस्या परेको छ।

0a848e94-3663-4e17-bcdb-6961ad14de62-1739352217.jpg
ढल फुटेर आएको पानीले सडकभरि बाढीजस्तै देखिएको छ। सडकमा पानी जम्दा यात्रुहरू अड्किएका छन् भने सवारी साधन जाममा परेका छन्।

4a9bd811-cdcf-49d4-8f9a-94a2ec6f5c33-1739352207.jpg
यात्रुहरूलाई असहजता भएपछि ट्राफिक प्रहरीले वैकल्पिक व्यवस्था गर्न प्रयास गरिरहेको छ।

प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१  १४:५७
प्रतिक्रिया दिनुहोस्