Nic Ad Nic Ad
Nic Ad Nic Ad

सामाजिक सञ्जालसम्बन्धी विधेयकको विरोधमा काँग्रेस निकट विद्यार्थीको प्रदर्शन

बुधबार, माघ ३०, २०८१

काठमाडौँ- सरकारले ल्याएको सामाजिक सञ्जालसम्बन्धी विधेयकको विरोधमा सत्तारुढ दल नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ सडकमा निस्किएको छ ।

सरकारले सामाजिक सञ्जाल नियन्त्रण गर्न खोजेको भन्दै आज काठमाडौँको माइतीघरमा विद्यार्थीहरूले प्रदर्शन गरेका हुन् ।

उनीहरूले ‘नियमन चाहिएको हो, नियन्त्रण होइन’, ‘विद्यार्थी राजनीति सधैँ प्रतिपक्ष’, ‘यो व्यवस्थामा बोल्न पाइन्न र ?’ लगायतको प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् ।

प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१  १६:१३
प्रतिक्रिया दिनुहोस्