Nic Ad Nic Ad
Nic Ad Nic Ad

चर्च ब्वाइजलाई हराउँदै पुलिस ‘पोखरा गोल्डकप’ को फाइनलमा

बुधबार, माघ ३०, २०८१

काठमाडौँ- चर्च ब्वाइज युनाइटेडलाई हराउँदै विभागीय टोली नेपाल पुलिस क्लब पोखरा गोल्डकप फुटबलको फाइनलमा पुगेको छ ।

पोखरा रङ्गशालामा आज (बुधबार) भएको पहिलो सेमिफाइनलमा पुलिसले चर्च ब्वाइजलाई १–० गोलले हरायो। पुलिसका सञ्जीव लामाले गोल गरे । पोखरा गोल्डकपमा आजको खेल २५०औं हो । २०५८ सालमा क्याराभान गोल्डकपको नामबाट यो प्रतियोगिता शुरू भएको थियो ।

पोखरा गोल्डकपको दोस्रो सेमिफाइनलमा भोलि थ्री स्टार क्लब र उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसी खेल्दैछन् । फाइनल खेल फागुन ३ गते शनिवार हुनेछ । २४औं संस्करणको विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१  १७:४७
प्रतिक्रिया दिनुहोस्