विद्युत प्राधिकरणको गल्तीले मेलम्चीको पाइप फुट्यो : खानेपानी मन्त्री
काठमाडौं- खानेपानी मन्त्री प्रदीप यादवले नेपाल विद्युत् प्राधिकरणको गल्तीका कारण मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेको बताएका छन् ।
प्राधिकरणले बिजुलीको तारलाई भूमिगत गर्ने क्रममा मेलम्चीको पाइप फुटेको मन्त्री यादवले बताएका छन् । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का सीईओ अशोक पौडेललाई लिएर बबरमहल पुगेका मन्त्री यादवले यस्तो बताएका हुन् ।
‘विद्युत् प्राधिकरणको गल्तीले यस्तो भएको हो । विद्युत् प्राधिकरणले हामी र केयूकेएलसँग नसोधी काम गर्यो । त्यसकै कारणले यस्तो घटना घटेको हो,’ मन्त्री यादवले भने, ‘लाइन बिछ्याउने क्रममा गरेको गल्तीका कारणले पाइप फुटेको छ ।’ उनले पाइप ठूलो भएका कारणले त्यहाँ बाँकी भएको पानी आइरहेको बताएका छन् । ‘पाइपको पानी सबै सकिएपछि मात्रै रोकिन्छ,’ उनले भने ।
प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१ १८:०८
प्रतिक्रिया दिनुहोस्