Nic Ad Nic Ad
Nic Ad Nic Ad

कोपा डेल रेको सेमिफाइनलमा बार्सिलोनाको प्रतिद्वन्दी एटलेटिको

बिहीबार, फागुन १, २०८१

काठमाडौँ - स्पेनिस कोपा डेल रेको सेमिफाइनलको ड्र भएको छ ।

गएराती भएको ड्र अनुसार सेमिफाइनलमा बार्सिलोनाले एटले टिको र रियल म्याड्रिडले रयल सोसियडाडसँग खेल्ने भएका छन् ।

कोपा डेल रेका सेमिफाइनलको पहिलो लिगका खेलहरु फेब्रुअरी २५ र २६ मा हुनेछन् भने दोस्रो लिग अप्रिल १ र २ मा हुने छन् । 

स्पेनको पुरानो प्रतियोगिता कोपा डेल  रे अहिलेसम्म बार्सिलोनाले सबैभन्दा बढी ३१ पटक जितेको छ भने एटलेटिको बिल्बाओले २४ पटक र रियल म्याड्रिडले २० पटक जितेको छ । त्यस्तै यस सिजनमा सेमीफाइनलमा पुगेको एटलेटिको म्याड्रिडले १० पटक र रियल सोसीयडाडले २ पटक उपाधि जितेका छन् ।

प्रकाशित मिति: बिहीबार, फागुन १, २०८१  ०७:४१
प्रतिक्रिया दिनुहोस्