Nic Ad Nic Ad
Nic Ad Nic Ad

सुनको भाउ एकै दिन २३ सयले बढ्यो तोलाको कति पुग्यो ?

बिहीबार, फागुन १, २०८१

काठमाडौं - नेपाली बजारमा केहि दिनयता सुनको भाउ लगातार बढिरहेको छ । आज (बिहीबार) सुन प्रतितोला दुई हजार ३०० ले बढेको हो ।

बुधबार प्रतितोला सुन रु एक लाख ६७ हजार ५०० मा कारोबार भएकोमा आज सोही परिमाणको सुनको मूल्य रु एक लाख ६९ हजार ८०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसैगरी, चाँदी प्रतितोला रु ३५ ले बढेको छ । आजका लागि प्रतितोला चाँदीको मूल्य रु एक हजार नौ सय ६५ निर्धारण गरिएको छ ।

 

प्रकाशित मिति: बिहीबार, फागुन १, २०८१  १२:२७
प्रतिक्रिया दिनुहोस्