Nic Ad Nic Ad
Nic Ad Nic Ad

सुनसहित नागढुंगाबाट दुई भारतीय पक्राउ

बिहीबार, फागुन १, २०८१

काठमाडौँ- सुनसहित दुई भारतीय नागरिकलाई प्रहरीले नागढुंगाबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारत महाराष्ट्रका २७ वर्षीय महेश अमृत मानी र सोही ठाउँका २४ वर्षीय राहुल खडु सरकला रहेका जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

प्रहरीका अनुसार काँकडभिट्टाबाट आउँदै गरेका बेला उनीहरूलाई सुनसहित पक्राउ गरिएको हो ।

बा. प्र ०१–००२ ख ०५४२ नम्बरको यात्रुबहाक बसमा सवार उनीहरूलाई ३१८ ग्राम सुनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन १, २०८१  १२:४२
प्रतिक्रिया दिनुहोस्