Nic Ad Nic Ad
Nic Ad Nic Ad

तरुण दलले आजबाट पूर्ण सदस्यता वितरण गर्दै

बिहीबार, फागुन १, २०८१

काठमाडौँ- नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले आजबाट पूर्ण सदस्यता वितरण गर्दै छ । जिल्ला कार्यसमिति मार्फत मात्रै तरुण दलको पूर्ण सदस्यता वितरण गर्ने निर्णय भएको हो ।

यस्तै, आगामी चैत २ र ३ गते केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरी वडा तहदेखि जिल्ला अधिवेशनको कार्य तालिका बनाउने निर्णय पनि गरेको छ ।

बुधवार बसेको बैठकले अन्तरजातीय विवाहका सम्बन्धमा सामाजिक सञ्जालमा आएका विवादास्पद कुराहरूको भर्त्सना गर्ने निर्णय पनि गरेको मुख्यसचिव ठान प्रसाद पोखरेलले बताए ।

संविधानले नै जातीय विभेदको अन्त्य गरेकोले सोही अनुसार व्यवहार गर्न दलको बैठकले सबैलाई आग्रह समेत गरेको उनले बताएका छन्।

प्रकाशित मिति: बिहीबार, फागुन १, २०८१  १२:५३
प्रतिक्रिया दिनुहोस्