Nic Ad Nic Ad
Nic Ad Nic Ad

त्रिवि क्रिकेट मैदानमा प्यारापिट र फ्लडलाइट जडानका लागि बोलपत्र स्वीकृत

बिहीबार, फागुन १, २०८१

काठमाडौँ- काठमाडौँको कीर्तिपुरमा रहेको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय स्तरको प्यारापिट निर्माण र फ्लड लाइट जडानका लागि बोलपत्र स्वीकृत भएको छ ।

प्यारापिट निर्माणका लागि ४३ करोड ७७ लाख तथा फ्लड लाइट जडानका लागि ४२ करोड १९ लाखको बोलपत्र स्वीकृत भएको शहरी विकास मन्त्रालयअन्तर्गत संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयले जनाएको छ ।

प्यारापिट निर्माणको ठेक्का काठमाडौँको टंगालमा रहेको बीकेओआई-केसीडीसीबीजी जेभीले पाएको छ । त्यस्तै फ्लडलाइट जडानको ठेक्का ललितपुरको गुसिंगलस्थित विशाण-ईश्वरी जोइन्ट भेन्चरले पाएको हो ।

सार्वजनिक खरिद ऐन २०६३ को दफा २७ को उपदफा २ को प्रयोजनार्थ बोलपत्र स्वीकृतको सूचना प्रकाशित गरिएको हो ।

प्रकाशित मिति: बिहीबार, फागुन १, २०८१  १४:२४
प्रतिक्रिया दिनुहोस्