‘फोटो नेपाल’ शृंखला पुनः सुरु, पर्यटन मन्त्रीले गरे उद्घाटन
काठमाडौँ- नेपाल पर्यटन बोर्डमा ‘फोटो नेपाल’ शृंखला पुनः सुरु गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले सहभागीको सेल्फी खिचेर फोटो नेपाल उद्घाटन गरेका हुन् ।
यसअघि सन् २०१६ देखि बोर्डले यस्तो शृंखला गर्दै आएको थियो । बीचमा रोकिएको थियो । अहिले बोर्डले ‘कर्णाली नदी’ का तस्बिरहरू प्रदर्शनीमा राखेको छ ।
प्रदर्शनी तीन दिनसम्म बोर्डमा चल्ने छ । बिहान १० देखि ५ बजेसम्म तस्बिर प्रदर्शनी हुने बोर्डले जनाएको छ । ४५ दिनमा १ हजार ८० किलोमिटर यात्रा गर्दा खिचिएका तस्बिर प्रदर्शनीमा राखिएका छन् ।
प्रकाशित मिति: बिहीबार, फागुन १, २०८१ १४:४५
प्रतिक्रिया दिनुहोस्