रजत पाटीदार बने बेंगलुरूका नयाँ कप्तान
काठमाडौँ- आगामी मार्च २१ देखि सुरु हुने आइपिएल २०२५ को लागि रजत पाटीदारलाई रोयल च्यालेन्जर्स बेंगलुरुको कप्तान नियुक्त गरिएको छ।
२०२२ देखि २०२४ सम्मका कप्तान फाप डु प्लेसिसलाई बेंगलुरुले रिटेन नगरेपछि विराट कोहलीले टोलीको फेरि नेतृत्व गर्ने अपेक्षा गरिएको थियो। तर बेंगलुरुले पाटीदारलाई कप्तानको रूपमा अघि सारेको हो।
बिहीबार बेंगलुरुमा टोली निर्देशक मो बोबाट, मुख्य प्रशिक्षक एन्डी फ्लावर र पाटीदारको उपस्थितिमा आयोजित एक कार्यक्रममा कप्तान घोषणा गरिएको हो।
पाटीदार टोलीका लागि आठौँ कप्तान हुन्। २०२१ मा टोलीमा आबद्ध भएपछि उनले तीन सिजन खेलिसकेका छन्।
उनले २८ खेलमा १५८.८५ को स्ट्राइक रेटमा ७९९ रन बनाउँदै उनी टोलीको प्रमुख ब्याट्सम्यानमध्ये एक बनेका छन्।
प्रकाशित मिति: बिहीबार, फागुन १, २०८१ १५:२३
प्रतिक्रिया दिनुहोस्