Nic Ad Nic Ad
Nic Ad Nic Ad

राज्य व्यवस्था तथा सुशासन समितिमा परेका उजुरी छानबिन गर्न उपसमिति गठन

बिहीबार, फागुन १, २०८१

काठमाडौँ- प्रतिनिधि सभा अन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिमा परेका उजुरीको छानबिन गर्नका लागि उपसमिति गठन भएको छ ।

बिहीबार बसेको समितिको बैठकले समितिका सदस्य समेत रहेका नेकपा (एकीकृत समाजवादी)का सांसद राजेन्द्र पाण्डेको संयोजकत्वमा उपसमिति गठन गरेको हो ।

उपसमितिको सदस्यमा नेकपा (माओवादी केन्द्र)बाट दुर्गा राई, नेपाली काँग्रेसबाट सरिता प्रसाईँ, नेकपा (एमाले)बाट मेनुका कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट डा. चन्दा कार्की रहेका समिति सभापति रामहरि खतिवडाले जानकारी दिएका छन् ।

प्रकाशित मिति: बिहीबार, फागुन १, २०८१  १९:०३
प्रतिक्रिया दिनुहोस्