हेटौँडा उपमहानगरपालिका बालमैत्री शासनयुक्त घोषणा
हेटौँडा- हेटौँडा उपमहानगरपालिका बालमैत्री स्थानीय शासनयुक्त स्थानीय तह घोषणा भएको छ ।
उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले बिहीबार एक कार्यक्रमबीच हेटौँडालाई निकृष्ट बालश्रम मुक्त, बाल विवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त उपमहानगरपालिका घोषणा गरेका हुन् ।
बालमैत्री घोषणाका लागि आवश्यक ५१ मध्ये ४३ वटा सूचकमा शतप्रतिशत र अन्य सूचकमा आवश्यक नतिजा हासिल गरेपछि बालमैत्री स्थानीय तहघोषणा गरिएको महानगरले जनाएको छ । उपमहानगरलाई बालमैत्री स्थानीय शासनयुक्त स्थानीय तह घोषणा गर्नुपूर्व सहरका विभिन्न भागबाट प्रभातफेरि निकालिएको थियो ।
हेटौंँडा उपमहानगरका १९ वटा वडाभित्र ३७१ बाल समूह तथा १९ वडास्तरीय र १ नगरस्तरीय बाल समूह सञ्जाल क्रियाशील छन् । घरधुरी तथ्यांक संकलन सर्वेक्षण, २०७९ का अनुसार हेटौँडा उपमहानगरपालिकामा १८ वर्ष मुनिका बालबालिकाको सङ्ख्या ५० हजार १९५ रहेको छ ।