यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर
काठमाडौ -/नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ७४ पैसा र बिक्रीदर १३९ रुपैयाँ ३४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १४४ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४५ रुपैयाँ १९ पैसा तोकिएको छ ।
यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७३ रुपैयाँ २७ पैसा र बिक्रीदर १७४ रुपैयाँ ०२ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५२ रुपैयाँ ९७ पैसा र बिक्रीदर १५३ रुपैयाँ ६४ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ३२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ०८ पैसा र बिक्रीदर ९७ रुपैयाँ ५० पैसा, सिंगापुर डलर एकको खरिददर १०२ रुपैयाँ ८४ पैसा र बिक्रीदर १०३ रुपैयाँ २८ निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ ०२ पैसा र बिक्रीदर नौ रुपैयाँ ०६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०२ पैसा र बिक्रीदर १९ रुपैयाँ १० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३७ रुपैयाँ १५ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३८ रुपैयाँ २२ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ १० पैसा र बिक्रीदर चार रुपैयाँ १२ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ९४ पैसा, मलेसियन रिंगेट एकको खरिददर ३१ रुपैयाँ १४ पैसा र बिक्री दर ३१ रुपैयाँ २८ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ५७ पैसा र बिक्रीदर नौ रुपैयाँ ६२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ८० पैसा र बिक्रीदर १२ रुपैयाँ ८६ पैसा र डेनिस क्रोनर एकको खरिददर १७ रुपैयाँ ८१ पैसा र बिक्री दर १७ रुपैयाँ ८९ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ८१ पैसा र बिक्रीदर १७ रुपैयाँ ८९ पैसा, कुवेती दिनार एकको खरिददर ४४९ रु*पैयाँ ३२ पैसा र बिक्रीदर ४५१ रुपैयाँ २६ पैसा, बहराइन दिनार एकको खरिददर ३६८ रुपैयाँ १० पैसा र बिक्रीदर ३६९ रुपैयाँ ६९ पैसा र ओमनी रियाल एकको खरिददर ३६० रुपैयाँ ३५ पैसा र बिक्रीदर ३६१ रुपैयाँ ९१ पैसा निर्धारण भएको छ ।
यस्तै, भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।