Nic Ad Nic Ad
Nic Ad Nic Ad

अन्तिम राजादेखि नेतासम्मलाई विवादमा तान्ने व्यावसायी दुर्गा प्रसाईँ के गरिरहेका छन्?

शुक्रबार, फागुन २, २०८१

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा–५ पर्ने दमकमा विवादीत मेडिकल व्यावसायी दुर्गा प्रसाईंले ‘राष्ट्र, राष्ट्रियता र नागरिक बचाऊ’ अभियानका नाममा एउटा सभा गरे, विहीबार। 

samridhi jewllers

सभाका क्रममा उनको आरोप थियो,‘महाकालीको १७ किलोमिटर सीमा समेत केपी ओलीले बेचेर खाएछन्। मसँग प्रमाण छ। त्यो पनि सार्वजनिक गर्छु।’

‘देश जोगाउनका लागि टाउकोमा कफन बाँधेर हिँडेको छु। व्यवस्था परिवर्तन नगरी छाड्दिन’, यसो भन्दै गर्दा उनले प्रधानमन्त्री ओली जोडिएको आरोप लगाउँदै भने,‘कम्बोडिया काण्डका बारेमा थाहा पाउनुभयो नि। मैले सार्वजनिक गरेको भोलीपल्टै नेताहरु त्यहाँ पुगे।’

यस प्रकरणमा प्रसाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरी छानबिनमा परेका थिए। उनले उक्त प्रकरणमा आफूले असाबधानी अपनाएको उनको बयान थियो। 

प्रसाईं हालैका दिनमा साईबर अपराध गरेको अभियोगमा पनि पक्राउ परी धरौटीमा छुटेका छन्। उनी लगातार प्रहरीको रेकीमा रहेका व्यावसायीमा पर्छन्। 

उनको टाउकोमाथि ६ सय करोड ऋण रहेको छ। प्रसाईं आफैंले भनेका छन्,‘मलाई ६ सय करोड विभिन्न बैंकको ऋण छ। अस्पतालदेखि ५ तारे होटलसम्म चलाइरहेको छु।’

प्रसाईंले अभियानको उद्घाटनका क्रममा अन्तिम राजा ज्ञानेन्द्र शाहलाई झापाको विर्तामोडमा गराएका थिए। यसपछि ज्ञानेन्द्र केही विवादमा तानिएका थिए। 

प्रसाईंले चिकित्सा क्षेत्रमा योगदान दिए पनि, उनी विवादरहित छैनन्। उनीमाथि ८ विभिन्न वाणिज्य बैंकहरूबाट ५.५७ अर्ब नेपाली रुपैयाँ ऋण नतिरेको आरोप लागेको थियो। 

प्रसाईंले भने सरकारबाट आफ्नो कलेजलाई सम्बन्धन प्राप्त भएपछि ऋण तिर्ने दाबी गरेका थिए। सरकारले सम्बन्धन दिइसकेको छ।

राजनीतिक रूपमा, प्रसाईंले २०२३ देखि नेपालमा संवैधानिक राजतन्त्र र हिन्दू राष्ट्र पुनस्र्थापना गर्नका लागि संघीय लोकतान्त्रिक सरकारको विरोधमा सामाजिक र राजनीतिक अभियानहरू सञ्चालन गर्दै आएका छन्। 

यस क्रममा, उनले नेपालका सबै प्रदेशहरूमा अभियानहरू सञ्चालन गरेका छन्। 

प्रसाईंको राजनीतिक यात्रा पनि उतार–चढावपूर्ण रहेको छ। विगतमा माओवादीप्रति सहानुभूति राख्ने उनले सन् २०२१ मा नेकपा एमालेको विधान सम्मेलनमा प्रतिनिधित्व गरेका थिए। तर, २०२३ मा राजतन्त्र र हिन्दू राष्ट्रको पक्षमा सार्वजनिक रूपमा अभिव्यक्ति दिएपछि उनलाई पार्टीबाट निष्कासित गरिएको थियो। 

उनको जीवनमा विभिन्न विवादहरू पनि रहेका छन्। जुलाई २०१८ मा, बंगलादेशमा अध्ययनरत नेपाली छात्राहरूले आफ्ना प्राध्यापकहरूसँग विवाहबाह्य सम्बन्ध राखेको टिप्पणी गरेपछि उनीविरुद्ध मानहानीको आरोप लागेको थियो। यसका लागि राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी पनि परेको थियो। 

दुर्गा प्रसाईंको जीवनले चिकित्सा, राजनीति, र विवादहरूको मिश्रण प्रस्तुत गर्दछ। उनको योगदान र क्रियाकलापहरूले नेपाली समाजमा विभिन्न प्रतिक्रिया उत्पन्न गरेका छन्।

प्रसाईंले आफूलाई युद्धकालमा माओवादी रहेको दाबी गर्दै आएका थिए। माओवादी, एमाले हुँदै अहिले व्यवस्था परिवर्तनको अभियानका नाममा प्रसाईंले भिडको साहरा लिने गरेका छन्। 

कतिपय बैंक र बित्तिय संस्थाका सञ्चालकहरूले भने प्रसाईंले ऋण उकास्ने र आफूले ऋण नतिर्नका लागि भिडको साहरा लिएको आरोप लगाउने गरेका छन्।

प्रसाईंका मार्फतबाट नेपालका दुई ठूला कम्युनिस्ट पार्टीका मुख्य नेता विवादमा तानिएका हुन्। ओलीको त अहिले प्रसाईंले कडा बिरोध गरिरहेका छन् भने माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पनि बिरोध गरिरहेका छन्। 

प्रसाईं तिनै व्यावसायी हुन् जसले ओली र प्रचण्डलाई भक्तपुरस्थित घरमा बोलाएर चरेसको थालमा मार्सी चामलको भात खुवाएका थिए। 

मिडियामा उनको चर्चा त्यहाँदेखि सुरु भएको थियो। चर्चाबाट हौसिएपछि दुबईमा अलपत्र परेका व्यक्तिको उद्दार गरेको भन्नेलगायतका विवादीत विषयले पनि प्रसाईंलाई छाडेन। यहाँसम्मकी दुबईका राजकुमारले सुनको लौरो दिएको भन्ने भ्रमपूर्ण हल्ला मार्फत सामाजिक सञ्जाल (सोसियल मिडिया)मा प्रसाईंको चर्चा भएपछि हौसिएको छन्।

अहिले भने उनी व्यवस्था नै परिवर्तनका लागि भनेर अभियानमा सक्रिय रहेको दाबी गर्छन्। मूलधारका राजनीतिक दलका नेता भने प्रसाईंको अभियान फगत भिँड जम्मा पार्ने रमाइलोका रुपमा मात्र लिन्छन्।
 

प्रकाशित मिति: शुक्रबार, फागुन २, २०८१  ११:१४
प्रतिक्रिया दिनुहोस्