Nic Ad Nic Ad
Nic Ad Nic Ad

त्रिशूलीमा मोटरसाइकल खस्दा एक युवा बेपत्ता, घटनास्थलमा भेटियो भारतीय सेनाको कार्ड

शुक्रबार, फागुन २, २०८१

काठमाडौं- नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत चट्टाने भीर (दुई किलो) भन्ने ठाउँमा मोटरसाइकल दुर्घटना हुँदा चालक त्रिशुली नदीमा खसेर बेपत्ता भएका छन् ।

बागमती प्रदेश ०६–०२प ९२०४ नम्बरको दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी ज्ञानकुमार महतोले जानकारी दिएका छन् ।

बिहान ११ बजेर ५५ मिनेटको समयमा चितवन ईच्छाकामना गा.पा.५ मुग्लिन नारायणगढ सडक खण्डको कालीखोला भन्ने स्थानमा नारायणगढबाट मुग्लिनतर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटनामा परेको हो । मोटरसाइकल आफैं अनियन्त्रित भई सडक छेउमा रहेको डिभाइडरमा ठोक्किन पुगेको प्रहरीले जनाएको छ ।

उक्त मोटरसाइकलमा सवार एक व्यक्ति त्रिशूली नदीमा खसेको स्थानीयले बताएपछि प्रहरीले खोजी कार्य सुरु गरेको छ । डीएसपी महतोका अनुसार दुर्घटनास्थलमा लमजुङको साविक चन्दरेश्वर गाविस–३ घर भई हाल चितवनको भरतपुर महानगरपालिका–१ बस्ने २७ वर्षीय रोहित रानाको नागरिकता र भेटिएको छ । उक्त नागरिकता र परिचपयत्रका अनुसार राना भारतीय सेना –इण्डियन आर्मी ) रहेको खुल्न आएको छ ।

उनको जारी रहेको प्रहरीले जनाएको छ । मोटरसाइकल सडकको छेउको डिभाइडरमा ठोक्किएर त्रिशूली नदीमा पुगेका मोटरसाइकल चालकको पर्स भीरमा फेला परेपछि प्रारम्भिक अवस्थामा उनको पहिचान खुलेको हो । उनी मोटरसाइकलबाट उछिट्टिएर करिब १५० मिटर तल खसेको प्रहरीले जनाएको छ । अहिले सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयसहितको सहयोगमा खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन २, २०८१  १४:३५
प्रतिक्रिया दिनुहोस्