नेभिगेशन
मनोरञ्जन
भ्यालेन्टाइन

सञ्जालमै पोखियो दीपकसँगको दीपाको प्रेम, भ्यालेन्टाइनमा रोमान्टिक तस्बिर राखेर यस्तो लेखिन्

काठमाडौैं– दुई दशकदेखिको अनस्क्रिन, अडिओ सम्बन्धदेखि फिल्मको सहकार्यसम्म गरेका दीपकराज गिरी र दीपाश्री निरौलाको सम्बन्धको थोपो शुक्रबार भ्यालेन्टाइन डेका अवसरमा सञ्जालमा पोखिएको छ।

दीपाश्री निरौलाले भ्यालेन्टाइन डेको विस गर्दै रोमान्टिक तस्बिर इन्स्टाग्राममा सार्वजनिक गरेकी हुन्। 

दीपाले इन्स्टाग्राममार्फत दीपक र आफ्नो फोटो सेयर गर्दै ‘ह्याप्पी भ्यालेन्टाइन्स डे’ भन्दै शुभकामना दिएकी छन्। 

फोटोग्राफर राजीव श्रेष्ठले खिचेको कुुनैबेलाको गुलाफसहितको रोमान्टिक फोटोमा दीपक–दीपाको ‘फिलिङ्स’ देखिन्छ।

दीपाको यो पोस्टमा अन्य कलाकारले समेत ‘ह्याप्पी भ्यालेन्टाइन्स डे’ भन्दै विस गरिरहेका छन्।

deepa-1739526241.jpg
दीपकराज गिरी र दीपाश्री निरौला अहिलेका चर्चित जोडी हुन्। अनस्क्रिनदेखि व्यवसायिक क्षेत्रमा यी दुईको सहकार्य छ। धनियाँ र रामविलासदेखि ‘तीतो सत्य’ हुँदै ‘छक्कापञ्जा’ श्रृंखलासम्म यी दुईले मिलेर कार्य गरिरहेका छन्।

यी दुईले एकअर्कालाई ‘असल साथी’ बताउने गरेका छन्। दीपकको परिवार छ भने दीपा अहिलेसम्म अविवाहित छिन्। दीपक र दीपाको केमेस्ट्रीको चर्चा सँधै हुनेगर्छ। २५ वर्षसम्म पनि यी दुईबीचको सहकार्य धेरै लागि लोभलाग्दो मित्रता अवश्य हो।

दीपक अहिले परिवारिक घुमघामका लागि अस्ट्रेलियामा छन्। 

दीपकराज गिरी र दीपाश्री निरौला नेपाली मनोरञ्जन क्षेत्रमा एक सफल जोडीका रूपमा परिचित छन्। उनीहरूको सम्बन्धले व्यक्तिगत र व्यावसायिक दुवै क्षेत्रमा गहिरो प्रभाव पारेको छ।

दीपकराज र दीपाश्रीले नेपाली हास्य क्षेत्रमा लामो समयदेखि सहकार्य गर्दै आएका छन्। उनीहरूको सहकार्यले नेपाली फिल्म उद्योगमा नयाँ उचाइहरू हासिल गरेको छ। उनीहरूले ‘छक्का पञ्जा’ जस्ता सफल फिल्महरू निर्माण गरेका छन्, जसले नेपाली सिनेमा क्षेत्रमा नयाँ कीर्तिमान स्थापित गरेका छन्।

उनीहरूको निकटताको कारणले गर्दा कतिपयले उनीहरूलाई वास्तविक जोडीका रूपमा पनि लिने गरेका छन्। तर, दीपकराजले दीपाश्रीको विवाहबारे चिन्ता व्यक्त गर्दै आएका छन्। एक अन्तर्वार्तामा उनले पहिले दीपाश्रीको विवाह होस् भन्ने लाग्थ्यो, तर अहिले त्यो सोच परिवर्तन भएको बताएका थिए।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन