Nic Ad Nic Ad
Nic Ad Nic Ad

फूटबल: सूपर लिगमा फर्वाड अन्जन चितवनका मार्की, पहिला झापाका थिए

शुक्रबार, फागुन २, २०८१

काठमाडौं– नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइजी टिम एफसी चितवनले राष्ट्रिय फुटबल टोलीका स्टार फरवार्ड अञ्जन विष्टलाई मार्की खेलाडीका रूपमा अनुबन्ध गरेको छ।

शुक्रबार चितवनले विष्टलाई आफ्नो प्रमुख खेलाडीका रूपमा नियुक्त गरेको घोषणा गरेको हो।

यसअघि, पहिलो संस्करणमा चितवनले गोलरक्षक विशाल श्रेष्ठलाई मार्की खेलाडी चयन गरेको थियो। उनले टोलीको कप्तानीको जिम्मेवारी पनि सम्हालेका थिए। यसपटक भने अनुभवी फरवार्ड अञ्जन विष्टको आगमनसँगै चितवनको आक्रमण पंक्ति थप मजबुत हुने अपेक्षा गरिएको छ।

अञ्जन विष्ट अघिल्लो संस्करणमा झापा एफसीको मार्की खेलाडी थिए र कप्तानको रूपमा उत्कृष्ट प्रदर्शन गरेका थिए। नेपाली राष्ट्रिय टोलीका महत्त्वपूर्ण सदस्य विष्टले आफ्नो अनुभव र क्षमताले एफसी चितवनलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास गरिएको छ।

प्रकाशित मिति: शुक्रबार, फागुन २, २०८१  १९:४०
प्रतिक्रिया दिनुहोस्