Nic Ad Nic Ad
Nic Ad Nic Ad

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक जारी

शुक्रबार, फागुन २, २०८१

काठमाडौँ- उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक अहिले प्रधानमन्त्री निवास, बालुवाटारमा जारी रहेको छ ।

samridhi jewllers

प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र संयन्त्रमा संलग्न दुवै दलका नेताहरू बैठकमा सहभागी छन् ।

बैठकमा सरकार सञ्चालनका विषय, संसदमा प्रभावकारी भूमिकासहित अत्यावश्यक कानुन निर्माणमा तीव्रतालगायत समसामयिक विषयमा छलफल भइरहेको जनाइएको छ । 

यसअघि यसै साता दुई पटक संयन्त्रको कार्यदलको सम्पन्न भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, फागुन २, २०८१  १९:५९
प्रतिक्रिया दिनुहोस्