नेपाल प्रहरीका १० डीएसपीको सरुवा, को कहाँ पुगे?
काठमाडौं– नेपाल प्रहरीका दश जना नायव उपरिक्षक (डीएसपी)को सरुवा भएको छ।
प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय दोलखामा ज्ञानकुमार महतोलाई पठाइएको छ ।
प्रहरी वृत्त जनसेवामा कृष्ण चन्द, महाराजगन्जमा निरञ्जन थापा, इलाका प्रहरी कार्यालय बुटवलमा इन्द्र राना र जिल्ला प्रहरी कार्यालय रसुवामा हेम शाही, इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राजन लामा, गजुरीमा विकाश थापा र जिल्ला प्रहरी कार्यालय चितवनमा रवीन्द्र खनाललाई सरुवा गरिएको छ।
रसुवामा कार्यरत केशव भट्टराईलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा काज सरुवा गरिएको छ।
बुटवलमा कार्यरत विजयराज पण्डितलाई नेपाल प्रहरी प्रदेश कार्यालय पोखरामा सरुवा गरिएको छ। काँकडभिट्टामा कार्यरत डीएसपीलाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको छ।
प्रकाशित मिति: शनिबार, फागुन ३, २०८१ १२:२०
प्रतिक्रिया दिनुहोस्