अध्यादेश पारित गराउने सत्ता गठबन्धनको बैठक, महन्थ ठाकुरदेखि सीके राउतका प्रतिनिधि सहभागी
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा सरकारले ल्याएको अध्यादेशलगायतको विषयमा छलफल भइरहेको जनाइएको छ।
भूमीसम्बन्धी अध्यादेशको विरोध गरेका महन्थ ठाकुरदेखि सीके राउतका दलका प्रतिनिधि बैठकमा सहभागी छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित सहभागी बैठकले अध्यादेश पारित गराउने सहमति जुटाउनेछ।
बैठकबाट अध्यादेशका बारेमा निष्कर्षमा पुग्ने बताइएको छ। हिजो अध्यादेशलगायत पछिल्ला विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसेको थियो।
प्रकाशित मिति: शनिबार, फागुन ३, २०८१ १२:३५
प्रतिक्रिया दिनुहोस्