Nic Ad Nic Ad
Nic Ad Nic Ad

सामुदायिक वनमा लागेको आगो निभाउन कठिन, जोखिममा भेडीगोठ

शनिबार, फागुन ३, २०८१

ढोरपाटन (बागलुङ)- बागलुङको निसीखोला गाउँपालिका-६ सिंवाद्वार क्षेत्रमा लागेको आगो अझै निभाउन सकिएको छैन ।

शुक्रबार दिउँसो २ बजेदेखि लागेको आगो निभाउन अझै नसकिएको भएको गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती मगरले बताए । 

सिंवाद्वार, सीप, तिग्रापानी, कोस्काँ, सुन क्षेत्रका सामुदायिक वनमा आगो लागेको हो । आगलागीका कारण उक्त क्षेत्रमा रहेका एक सयभन्दा बढी भेडीगोठ जोखिममा रहेको उनले बताए ।

आगो निभाउनका लागि स्थानीय र निसी प्रहरी चौकीबाट टोली खटिएको छ । अध्यक्ष मगरले भने, “आगलागी भएको क्षेत्र निसीखोलाका किसानहरूले भेडा चरनका रूपमा प्रयोग गर्ने ठाउँ हो, त्यहाँ एक सयभन्दा बढी गोठ र हजारौँको संख्यामा भेडाबाख्रा छन्, ती सबै आगलागीको जोखिममा छन् ।” आगलागीको कारण अझै पत्ता लागेको छैन ।

प्रकाशित मिति: शनिबार, फागुन ३, २०८१  १२:५०
प्रतिक्रिया दिनुहोस्