सत्ता गठबन्धन बैठकः अध्यादेश पारित गराउने सहमति
काठमाडौं– सरकारले जारी गरेका ६ अध्यादेश पारित गराउन सत्ता गठबन्धन दल सहमतिमा पुगेका छन्।
शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको गठबन्धनको बैठकले बहुमतले पारित गराइनेमा सहमति जुटाएको हो।
बैठकमा सहभागी गृहमन्त्री रमेश लेखकका अनुसार बैठकमा दलहरूबीच सहमति जुटेको छ।
‘अध्यादेश पास हुने प्रक्रिया अघि बढ्छ। सबै राजनीतिक दलहरू सहमत भएका छौं,’ बैठकपछि गृहमन्त्री लेखकले भने,‘अध्यादेश स्वीकृत गर्ने, अध्यादेश अघि बढाउने बारेमा छलफल भयो। छलफल सकारात्मक रुपले निष्कर्षमा पुगेको छ।’
यसअघि महन्थ ठाकुर नेतृत्वको लोसपा, जनमत पार्टी र जसपाका रिजर्भेशन रहेका थिए। ति दल पनि सहमतिमा पुगेको बताइएको छ। ठाकुर गठबन्धन बैठकमा सहभागी भएका थिए।
प्रकाशित मिति: शनिबार, फागुन ३, २०८१ १४:२७
प्रतिक्रिया दिनुहोस्