Nic Ad Nic Ad
Nic Ad Nic Ad

अर्थमन्त्री पौडेललाई उपचारका लागि काठमाडौं ल्याइँदै

शनिबार, फागुन ३, २०८१

पोखरा- उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई थप उपचारका लागि काठमाडौं ल्याइदैछ । 

गण्डकी मेडिकल कलेजमा प्राथमिक उपचारछि उनलाई सिम्रिक एयरको हेलिकोप्टरमार्फत काठमाडौं ल्याइदै गरिएको एमाले नेता राजीव पहारीले जानकारी दिए । 

पौडेलको घाँटी, गालामा आगोले पोलेको छ । मेयर धनराज आचार्यको भने फिस्टेल हस्पिटलमा उपचार भइरहेको छ । 

 

यसैबीच, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई थप उपचारका लागि कीर्तिपुरस्थित बर्न हस्पिटल लगिएको छ।

प्रकाशित मिति: शनिबार, फागुन ३, २०८१  १४:५९
प्रतिक्रिया दिनुहोस्