उपप्रधानमन्त्री पौडेललाई थप उपचारका लागि कीर्तिपुर बर्न अस्पताल लगियो
पोखरा - उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई थप उपचारका लागि काठमाडौं लगिएको छ।
पोखरा पर्यटन वर्ष घोषणा समारोहमा बेलुन पड्किँदा घाइते भएका अर्थमन्त्री पौडेललाई थप उपचारका लागि हेलिकप्टारमार्फत् काठमाडौंको कीर्तिपुरस्थित बर्न हस्पिटल लगिएको हो ।
घोषणा समारोहमा बेलुन पड्किँदा उनी पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँगै घाइते भएका थिए । घाइते आचार्यको अनुहारमा पनि आगोले पोलिएर घाउ भएको छ ।
प्रकाशित मिति: शनिबार, फागुन ३, २०८१ १५:०६
प्रतिक्रिया दिनुहोस्