Nic Ad Nic Ad
Nic Ad Nic Ad

घाइते मेयर आचार्यलाई पनि उपचारका लागि काठमाडौँ ल्याइयो

शनिबार, फागुन ३, २०८१

काठमाडौँ- पोखरा भ्रमण वर्षको उद्घाटनका लागि तयार गरिएको बेलुन पड्किएर घाइते भएका पोखरा महानगरपालिका मेयर धनराज आचार्यलाई पनि काठमाडौँ ल्याइएको छ ।

मेयर आचार्यलाई सिम्रिक एयरको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको हो ।

आचार्यलाई थप जाँचका लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा लगिने जनाइएको छ । यसअघि सोही कार्यक्रम घाइते भएका अर्थमन्त्री विष्णु पौडेललाई पनि उपचारका लागि काठमाडौँ ल्याइसकिएको छ ।

 

प्रकाशित मिति: शनिबार, फागुन ३, २०८१  १५:२३
प्रतिक्रिया दिनुहोस्