Nic Ad Nic Ad
Nic Ad Nic Ad

गिरिबन्धुबाट ओलीले ४ अर्बको ब्रेकफास्ट गरेका हुन् ? राजेन्द्र पाण्डेले के सुने

शनिबार, फागुन ३, २०८१

काठमाडौं- नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले गिरिबन्धु टी–इस्टेटबाट प्रधानमन्त्री केपी शर्मा ओलीले चार अर्बको ब्रेकफास्ट खाएको आफूले सुनेको दाबी गरेका छन्।

शनिवार नेकपा एस बागमती प्रदेशको अधिवेशनलाई सम्बोधन गर्दै पाण्डेले यस्तो बताएका हुन्। 

‘गिरिबन्धु टी–इस्टेटको कुरा सुन्नुभएछ । ०२१ सालमा भूमिसुधार ऐन आउँदा त्यो चिया बगान भनेर राज्यले छोडेको हो। आज बिर्तामोडको जमिन जो कट्ठाको २ करोडभन्दा बढी पर्छ,’ पाण्डेले भने, ‘गिरिबन्धु भ्रष्टाचारको ठुलो नमुना हो।’ 

गिरिबन्धु जग्गा सट्टाभर्नामा अर्बौँ रुपैयाँ बाँडिसकेका उनले दाबी गरे। ‘केही मित्रहरूले भन्नुहुन्थ्यो ४ अर्ब त प्रधानमन्त्री ज्युले ब्रेकफास्ट गर्नुभयो भनेर । यस्तै कसले ब्रेकफास्ट डिनर गरेका छन्,’ उनले भने। 

प्रकाशित मिति: शनिबार, फागुन ३, २०८१  १६:२९
प्रतिक्रिया दिनुहोस्