Nic Ad Nic Ad
Nic Ad Nic Ad

अर्थमन्त्री पौडेल र मेयर आचार्यको कीर्तिपुरमा उपचार जारी, अवस्था जोखिममुक्त

शनिबार, फागुन ३, २०८१

काठमाडौँ- आगोको ज्वालाले बेलुन फुट्दा घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरका प्रमुख धनराज आचार्यको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार सुरु भएको छ ।

अर्थमन्त्री पौडेलका प्रेस सल्लाहकार भुवन केसीका अनुसार उनलाई दिउँसो ३ बजेतिर अस्पताल ल्याइको हो । मन्त्री पौडेलको हत्केला र अनुहार जलेको छ । यद्यपि अवस्था भने जोखिममुक्त रहेको जानकारी उनले बताए । 

पोखरा भ्रमण वर्ष, २०२५ को उद्घाटनका क्रममा रिमोर्टबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा आगोको ज्वालाले बेलुनमा टिपेपछि बेलुन पड्किएको थियो । बेलुनमा आगो टिपेपछि उनीहरूको शरीरमा आगो सल्किएको थियो ।

दुवै जनालाई पोखरामा प्राथमिक उपचारपछि कीर्तिपुरस्थित बर्न अस्पतालमा ल्याइएको हो । वर्न अस्पतालका निर्देशक डा. किरण नकर्मीले दुवै जना अस्पतालमा भर्ना भएको र अहिले उपचार चलिरहेको बताए ।

प्रकाशित मिति: शनिबार, फागुन ३, २०८१  १७:१२
प्रतिक्रिया दिनुहोस्