Nic Ad Nic Ad
Nic Ad Nic Ad

टिपर दुर्घटनामा परी चालकको मृत्यु

शनिबार, फागुन ३, २०८१

बागलुङ- बागलुङको निसीखोला गाउँपालिका टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

आज साँझ रुकुम पूर्वबाट बागलुङको बुर्तिङतर्फ जाँदै गरेको ग१क ६१८९ नंको टिपर निसीखोला गाउँपालिका–६ लामिडाँडामा दुर्घटना भएको थियो ।

दुर्घटनामा  गुल्मीको इस्मा गाउँपालिका-३ का ४७ वर्षीय चालक कृष्ण कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुनिल शर्माले जानकारी दिए ।

टिपर सडकदेखि करिब २०० मिटर तल खसेको उनले बताए ।

प्रकाशित मिति: शनिबार, फागुन ३, २०८१  १९:१५
प्रतिक्रिया दिनुहोस्