Nic Ad Nic Ad
Nic Ad Nic Ad

निजामती कर्मचारी संगठनको अध्यक्षमा भवानी दाहाल निर्वाचित

शनिबार, फागुन ३, २०८१

काठमाडौँ- नेकपा एमाले निकट निजामती कर्मचारी संगठनको अध्यक्षमा भवानी दाहाल निर्वाचित भएकी छन्। काठमाडौँमा सम्पन्न महाधिवेशनबाट संगठनले पहिलो महिला नेतृत्व प्राप्त गरेको हो।

वरिष्ठ उपाध्यक्षमा रेवन्त गौतम र प्रभासप्रसाद साह निर्वाचित भएका छन्। गौतम अध्यक्ष पदका लागि दावेदार थिए, तर सर्वसम्मत चयन प्रक्रिया अपनाइएपछि वरिष्ठ उपाध्यक्षमा चित्त बुझाएका छन्।

अन्य निर्वाचित पदाधिकारीहरू:

उपाध्यक्ष:
युवाचन्द्र घिमिरे
विष्णु अर्याल
कृष्णबहादुर केसी
विजया लक्ष्मी सुवेदी
महासचिव: रामचन्द्र अधिकारी

उपमहासचिव:
वामदेव ओली
सूर्यबहादुर कुँवर
कमला दाहाल

सचिव:
देवी पराजुली
राजबहादुर पछाईं
टीपी भण्डारी
ओम कढायत
गोविन्द अधिकारी
कार्यालय सचिव: पदमबहादुर शाही

प्रदेश इन्चार्ज:
कोशी: धुव्रबहादुर कार्की
मधेश: नौंतम पोख्रेल
बागमती: विष्णु अर्याल
गण्डकी: भरत भुषाल
लुम्बिनी: कविसिंह कठायत
कर्णाली: तुलाराम गिरी
सुदूरपश्चिम: प्रकाशबहादुर खड्का
उपत्यका विशेष प्रदेश: गणेशप्रसाद आचार्य

आयोगहरू:
लेखापरीक्षण आयोग:
संयोजक: गोकर्ण कोइराला
सचिव: राजेन्द्र कार्की

अनुशासन आयोग:
संयोजक: अम्विका धमला
सचिव: शंकर भट्टराई

नीति अनुसन्धान आयोग:
संयोजक: कमलबहादुर खत्री
सचिव: काशीराम आचार्य

विज्ञान प्रविधि आयोग:
संयोजक: विष्णुकुमारी अधिकारी
सचिव: कवि तिम्सिना

महाधिवेशनपछि संगठनले नयाँ नेतृत्व पाएको छ, जसले निजामती कर्मचारीहरूको हकहितका सवालमा प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ। विशेषगरी, पहिलो पटक नेतृत्वमा महिला पुगेकाले संगठनको कार्यशैलीमा नयाँ धारणा र सोचले प्रभाव पार्ने विश्वास गरिएको छ। अबको नेतृत्वले संगठनलाई कसरी अघि बढाउँछ र कर्मचारी सुधारका विषयलाई कसरी प्राथमिकता दिन्छ भन्ने हेर्न बाँकी छ।

प्रकाशित मिति: शनिबार, फागुन ३, २०८१  १९:२१
प्रतिक्रिया दिनुहोस्