Nic Ad Nic Ad
Nic Ad Nic Ad

आज यी प्रदेशका हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना

आइतबार, फागुन ४, २०८१

काठमाडौँ- हाल देशमा पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

जसको प्रभावले कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। तराईका भू-भागका केही स्थानहरूमा हुस्सु तथा कुहिरो लागेको छ।

आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि  मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

राति देशको पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ।  कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै  स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। 

प्रकाशित मिति: आइतबार, फागुन ४, २०८१  ०६:४०
प्रतिक्रिया दिनुहोस्