सुधार केन्द्रमा हत्याः ‘मुर्गा’ बन्न मानेनन् अनि परामर्शदाता समेत मिलेर कुटपिट गर्दा जयो ज्यान
काठमाडौं– बाराको कलैया–९ का ३७ बर्षिय युवक धीरेन्द्र भनिने प्रदीप्रसाद यादवको हत्याको प्रारम्भिक कारण र घटनाक्रम खुलेको छ।
प्रहरी अनुसन्धानले कलैया उपमहानरपालिका–१ बैंक रोडस्थित नवजन्म पुःनस्थापना (सुधार) केन्द्रमा परामर्शदातासहितको कुटपिटकै कारण एक युवकको मृत्यु भएको देखाएको छ।
गत विहिबार भएको घटनाको दुई साताअघि उनी सुधार केन्द्रमा भर्ना भएका थिए।
अनुसन्धानका क्रममा परामर्शदातासहितका कर्मचारीले सामूहिक रुपमा कुटपिट गरेको र त्यसैका कारण उनको मृत्यु भएको खुलेको हो।
अनुशासन भंग गरेको भन्दै मण्डललाई शारीरिक सजाय दिन (मुर्गा बनाउन) खोजिएको थियो। उनले त्यसलाई अस्वीकार गर्दा केन्द्रका परामर्शदातासहित टोलीको सामूहिक कुटपिट गरेका थिए। कुटपिटको भिडिओ पनि सार्वजनिक भइसकेको थियो।
बारा प्रहरीका अनुसार मण्डलमाथि बिहीबार मध्यराति कुटपिट गरिएको थियो। मध्यरातमा कोठाभित्र मुक्का र लात्तीले कुटपिट गरिएको सीसीटीभी फुटेजसमेत सार्वजनिक भएको छ।
फुटेज प्रहरीले सुरक्षित राखेको छ। कुटपिटपछि अचेत बनेका मण्डललाई केन्द्रका परामर्शदाताले उपचारका लागि सुरुमा कलैया सिटी अस्पताल लगेका थिए। त्यहाँबाट रिफर गरेपछि कलैया प्रादेशिक अस्पतालमा लग्दा उनको मृत्यु भइसकेको थियो।
पुनःस्थापना केन्द्र जिल्ला प्रशासन बारामा दर्ता नभएको र सञ्चालनको अनुमति समेत नलिएको खुलेको छ।
सञ्चालकका भाइ तमन्ना मन्सुरले नै यो विषयमा प्रहरीलाई बयान दिएका छन्। पुनःस्थापना केन्द्रका संचालक कलैया–३ का साहेबबाबु मन्सुर सम्पर्कविहीन छन्।
प्रहरीले तमन्नासहित वडा नं. –१ का २४ वर्षीय अरूण सर्राफ, १९ वर्षीय सागर गुप्ता, वडा–२ का २१ वर्षीय परमेश्वर साह, कलैया–३ का १९ वर्षीय सरफराज मन्सुरी, वडा–४ का २२ वर्षीय निरज सर्राफ र वडा–६ का २० वर्षीय महम्मद आँसु मियाँलाई पक्राउ गरी कर्तव्यज्यान कसुरअन्तर्गत अनुसन्धान गरिरहेको छ।
परामर्श केन्द्रका नाममा विभिन्न स्थानमा खुलेका यस्ता संस्थाको आधिकारिकता अनुसन्धान आवश्यक रहेको बताइन्छ।