सत्तारुढ दलका प्रमुख सचेतकहरू छलफलमा
काठमाडौं– सत्तारुढ दलका प्रमुख सचेतकहरू छलफलमा जुटेका छन् । सरकारले ल्याएको अध्यादेशलाई संसद्को कार्यसूचीमा समेट्नेबारे सचेतकहरू छलफलमा जुटेका हुन् ।
नेकपा एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा जारी छलफलमा प्रतिनिधिसभा र राष्ट्रियसभामा रहेका सत्ता पक्षीय प्रमुख सचेतकहरू सहभागी छन् ।
बैठकमा कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे, एमालेका महेश बर्तौलासहित जसपा नेपाल, जसपा, लोसपा, जनमत पार्टीका प्रमुख सचेतक सहभागी छन् ।
सत्तारुढ दलहरूको हिजो बसेको बैठकले भूमि सम्बन्धी बाहेक अन्य अध्यादेश सदनमा अघि बढाउने निर्णय गरेको थियो । त्यसैको तयारीका लागि प्रमुख सचेतकहरूको बैठक बसेको हो ।
प्रकाशित मिति: आइतबार, फागुन ४, २०८१ १०:०४
प्रतिक्रिया दिनुहोस्