Nic Ad Nic Ad
Nic Ad Nic Ad

अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्यमा सुधार, भेटघाट गर्न बन्द

आइतबार, फागुन ४, २०८१

काठमाडौँ- उपप्रधान एव अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्था सुधार भइरहेको छ ।

कीर्तिपुर अस्पतालले आज एक सूचना जारी गर्दै मन्त्री पौडेल र पोखरा महानगरपालिकाका मेयर आचार्यको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जनाएको हो ।

कीर्तिपुर अस्पतालका पमुख डा. किरण कुमार नकर्मीका अनुसार घाउको अवस्थाका बारेमा ड्रेसिङपछि अद्यावधिक गरिने छ ।

साथै मन्त्री पौडेल र मेयर आचार्यको भेटमा रोक लगाइएको छ । अवस्था सामान्य भए तापनि संक्रमण हुने भएकाले अर्को सूचना जारी नभएसम्मका लागि हाललाई भेटघाट गर्न बन्द गरिएको अस्पतालका प्रमुख नकर्मीले बताएका छन् ।

प्रकाशित मिति: आइतबार, फागुन ४, २०८१  १३:०१
प्रतिक्रिया दिनुहोस्