Nic Ad Nic Ad
Nic Ad Nic Ad

सदनमा उठ्यो अमेरिकाले धर्मान्तरणमा लगानी गरेको विषयमा प्रश्न, प्रधानमन्त्रीको उत्तरको खोजी

आइतबार, फागुन ४, २०८१

काठमाडौं– युएसएडमार्फत नेपालमा नास्तिकताका लागि लाखौं लडर खर्च भएको विषयमा प्रतिनिधि सभामा आइतबार प्रश्न उठेको छ।

samridhi jewllers

राप्रपाका महामन्त्री एवं सांसद धवल शमशेर जबराले नेपालमा धर्मान्तर गर्न अमेरिकाले १४ अर्ब रुपैयाँ खर्च भएको विषय भारतीय संसदमा उठेको विषय प्रतिनिधिसभामा प्रवेश गराएका हुन् । 

प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै उनले यसबारेमा अमेरिकासँग कूटनितिक नोट पठाएर जवाफ माग गर्नुपर्ने बताए।

भारतको संसदमा विषय उठे पनि नेपालमा यसबारेमा चासो नदिइएको उनले बताए। 

भाजपाका नेताले पनि यस विषयमा तत्कालिन भारतीय प्रधानमन्त्री डा.मनमोहन सिंह पालामा रकम खर्च गरी धर्मान्तरण गराइएको बताएका थिए।
प्रधानमन्त्री केपी शर्मा ओलीको उत्तरको खोजी राणाले गरेका हुन्। 
 

प्रकाशित मिति: आइतबार, फागुन ४, २०८१  १४:०१
प्रतिक्रिया दिनुहोस्