प्रभु साहका प्रश्नमा प्रधानमन्त्री ओलीले दिएनन् जवाफ, प्रतिप्रश्न गर्दै सोधे– म म्यानपावरको मान्छे हो?
काठमाडौं– प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा आम जनता पार्टीका अध्यक्ष प्रभु साहले सोधेका जिज्ञासामा उत्तर पाएका छैनन्।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई साहले ७० लाख मानिस विदेशमा रहेको तर रेमिट्यान्स कम आएको तथा ति गएका नेपाली कामदारलाई पठाएर के लाभ लिनुभयो? भनेर सोधेका थिए।
उक्त प्रश्नको उत्तर दिने क्रममा ओलीले भने,‘यो ८ महिनामा गएका हुन्? म म्यानपावरको मान्छे हो?’
ओलीको प्रतिप्रश्नपछि साह बोल्न खोजेका थिए। तर, नियमानुसार उनले बोल्न नपाउँदै प्रधानमन्त्री ओलीले भने,‘माननीयजीले प्रश्नसँगै उत्तर बोकेर आउनुभएको रहेछ। उहाँका प्रश्नका उत्तर उहाँसँगै छ, धन्यवाद।’
प्रकाशित मिति: आइतबार, फागुन ४, २०८१ १५:२९
प्रतिक्रिया दिनुहोस्