Nic Ad Nic Ad
Nic Ad Nic Ad

बूढानीलकण्ठमा चोरी गरेको आरोपमा ६ जना पक्राउ

आइतबार, फागुन ४, २०८१

काठमाडौं - बूढानीलकण्ठ नगरपालिका–७ पानचोकस्थित एक घरमा चोरी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

samridhi jewllers

पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकको पाँचपोखरी गाउँपालिका–५ घर भएका २६ वर्षीय अशोक तामाङ, सोही ठाउँ घर भएका २५ वर्षीय सरोज तामाङ, सोही ठाउँका २२ वर्षीय समीर तामाङ, पाँचपोखरी–७ घर भएका निराजन आचार्य, पाँचपोखरी–७ का नवज्योति गुरुङ र सोही ठाउँका हिराबहादुर तामाङ छन् ।

यो समूहले २० माघको राति पौन १२ बजेतिर पानचोकस्थित छेवाङ नुर्बुको घरमा चोरी गरेको आरोप छ । प्रहरीले उनीहरुबाट ११ थान मोबाइल चोरीमा प्रयोग हुने रड र ५ थान टिभी बरामद गरेको छ ।


पक्राउ परेकाहरूमथि चोरीको कसुरमा अनुसन्धान अघि बढाइएको छ ।

 

 

प्रकाशित मिति: आइतबार, फागुन ४, २०८१  १७:३६
प्रतिक्रिया दिनुहोस्