धोवीखोलामा कार खस्यो
काठमाडौं- काठमाडौंको अनामनगरस्थित धोबीखोलामा एउटा कार खसेको छ । आज (आइतबार) साँझ बा २१ च ६६१४ नम्बरको कार धोबीखोलामा खसेको हो ।
मदन भण्डारी कलेज छेउमा कार खसेको सिंहदरबार वृत्तका डीएसपी गंगा पौडेलले जानकारी दिएका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार भक्तपुर वडा न ०१ लोकन्थली बस्ने गाडी चालक ४५ वर्षीय पदम कार्की भने सकुसल छन् । थापाथलीस्थित अफिसबाट घर जाँदै गर्दा कार्कीले चलाएको कार खोलामा खसेको बताइएको छ ।
अहिले मापसेलगायतका चेकजाँच गरिरहेको ट्राफिक प्रहरीका एसएसपी विनोद घिमिरेले बताए । यसअघि पनि गत पुसमा सोही ठाउँमा एउटा कार खसेको थियो ।
प्रकाशित मिति: आइतबार, फागुन ४, २०८१ २०:१३
प्रतिक्रिया दिनुहोस्