Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपाललाई अमेरिकाको अर्को झड्का, संघीयता र जैविक विविधता संरक्षणको साढे ५ अर्ब खारेज

आइतबार, फागुन ४, २०८१

काठमाडौं- नेपाललाई अमेरिकाले अर्को झड्का लगाइदिएको छ। अमेरिकाले यसअघि यूएसएआईडीमार्फत गर्ने सहयोग रोकेकामा अहिले थप सहायता बन्द गरेको हो।

इलन मस्क नेतृत्वको सरकारी दक्षता विभागले नेपाललाई संघीयता र जैविक विविधता संरक्षण शीर्षकमा छुट्याइएको ५ अर्ब ३९ करोड रुपैयाँबराबरको बजेट खारेज गरिदिएको छ।

samridhi jewllers

विभागले नेपालको वित्तीय संघीयता शीर्षकमा २ अर्ब ७६ करोड रुपैयाँ (२ करोड अमेरिकी डलर) र जैविक विविधता संरक्षणमा २ अर्ब ६२ करोड (१ करोड ९० लाख डलर) सहायता खारेज गरेको हो।

नेपालसहित भारत, बंगलादेश, कम्बोडिया, सर्बिया, इजिप्टलगायत देशमा विभिन्न शीर्षकका लागि छुट्याइएको बजेट विभागले खारेज गरेको छ।

अमेरिकी करदाताले तिरेको डलर विभिन्न देशका १५ वटा परियोजनामा खर्चिने योजना रहेको भन्दै त्यसलाई खारेज गरिएको विभागले जनाएको छ।

डोनाल्ड ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हालेलगत्तै यूएसएआईडीलाई निष्क्रिय बनाउँदै त्यसमार्फत जाने सहायता रोकेका थिए। जसका कारण यूएसएआईडीमार्फत विश्वभर सञ्चालित परियोजना बन्द भएका छन्। त्यहाँ कार्यरत कर्मचारीलाई बिदा गरिएको छ।   


 

प्रकाशित मिति: आइतबार, फागुन ४, २०८१  २१:२४
प्रतिक्रिया दिनुहोस्