Nic Ad Nic Ad
Nic Ad Nic Ad

निराजन र सरोज बुटवल लुम्बिनीमा रिटेन

आइतबार, फागुन ४, २०८१

काठमाडौ - नेपाल सुपर लिग (एनएसएल) को फ्रेन्चाइज टोली बुटवल लुम्बिनी एफसीले निराजन धामी र सरोज तामाङलाई रिटेन गरेको जनाएको छ।

samridhi jewllers

निराजन र सरोज दुवै ‘बी’ क्याटगोरीका खेलाडी हुन्। बुटवल लुम्बिनीले जारी गरेको विज्ञप्तिमा प्रतिभाशाली युवा खेलाडी निराजन गत सिजन टोलीको महत्वपूर्ण सदस्यको रुपमा रहेको कारण उनी बाट तेस्रो सिजनमा थप अपेक्षा सहित रिटेन गरेको उल्लेख गरेको छ। उनले यु-२० राष्ट्रिय फुटबल टोलीबाट नेपालको प्रतिनिधित्व समेत गरिसकेका छन्।

युवा खेलाडी सरोज संभावना भएका खेलाडीको रुपमा रिटेन गरेको टिमले जनाएको छ।

लुम्बिनी बुटवलका अध्यक्ष सुशील कडरियाले निराजन र सरोजलाई रिटेन गर्ने सम्झौता गर्न सजिलो रहेको बताएका छन्। दुवै खेलाडीले तेस्रो सिजनमा महत्वपुर्ण योगदान दिनेमा आशावादी रहेको पनि विजप्तिमा उल्लेख छ।

यसअघि बुटवल लुम्बिनीले राष्ट्रिय टोली खेलाडीद्वय एरिक बिष्ट र मनिष डाँगीलाई अनुबन्ध गरिसकेको छ।‌ एरिक गत सिजनका मार्की खेलाडी थिए। उनलाई ‘ए’ श्रेणीको खेलाडीको रूपमा क्लबले रिटेन गरेको हो। यो पटक टोलीले मनिषलाई मार्की खेलाडी बनाएको छ।
एनएसएलको शनिवार हुने बताइएको छ।

 

प्रकाशित मिति: आइतबार, फागुन ४, २०८१  २३:२२
प्रतिक्रिया दिनुहोस्