Nic Ad Nic Ad
Nic Ad Nic Ad

तोसिमाको सांसद पद रहने/नरहने फैसला मिति फेरि सर्‍यो

सोमबार, फागुन ५, २०८१

काठमाडौं - ललितपुर–३ बाट निर्वाचित सांसद डा. तोसिमा कार्कीको पद रहने/नरहने फैसलाको मिति फेरि सरेको छ । गएको पुस २५ मा निसु भएको मुद्दा आइतबार (आज)का लागि सरेको थियो ।

उक्त मुद्दाको निसु यही फागुन २७ गतेका लागि सरेको सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट उमेदवार भएकी डा. तोसिमाको उमेदवारी निर्वाचन आयोगले खारेज गरिदिएपछि विवाद सर्वोच्च अदालत पुगेको थियो ।

सर्वोच्चले अन्तरिम आदेश दिएपछि चुनाव लड्न पाएकी तोसिमालाई उक्त उमेदवारी खारेजी चर्चाको माध्यम बनेको थियो । डा. तोसिमाको उमेदवारी कायम भएपछि उनी ललितपुर–३ बाट निर्वाचित भएकी थिइन् ।

गत पुस २५ देखि डा. तोसिमाको मुद्दा न्यायाधीश डा. मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको इजलासमा पर्दै आएको छ ।

 

प्रकाशित मिति: सोमबार, फागुन ५, २०८१  ०८:३५
प्रतिक्रिया दिनुहोस्