डिजिटल भुक्तानीको अतिरिक्त शुल्क हटेन, प्रधानमन्त्री ओलीको ५ महिनाअघिको आश्वासन झूठो!
काठमाडौ - पाँच महिना अघि प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल मार्फत डिजिटल भुक्तानीमा लाग्ने अतिरिक्त शुल्क हटाउने तयारी भएको जानकारी दिएका थिए।
तर, प्रधानमन्त्री ओलीले छलफल गर्ने भनेको पाँच महिना बितिसक्दा पनि कुनै प्रगति नभएको छैन।
अहिले पनि एउटा बैंकबाट अर्को बैंकमा रकम ट्रान्सफर गर्दा १० रुपैयाँ सेवा शुल्क लाग्छ भने त्यसैमा १३ प्रतिशत कर जोडिन्छ। यसले गर्दा स-साना कारोबार गर्ने सेवाग्राही मारमा परेको गुनासो आउने गरेका छन्।
प्रकाशित मिति: सोमबार, फागुन ५, २०८१ ०९:११
प्रतिक्रिया दिनुहोस्