Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रश्नोत्तरमा प्रधानमन्त्री ओलीले गरेको गल्ती हो कि हेपाई?

सोमबार, फागुन ५, २०८१

काठमाडौं– ०७९ अघि तेस्रो पटक प्रधानमन्त्री पदको शपथ लिने क्रममा तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘त्यो पर्दैन’ भनेका कारण केपी शर्मा ओलीको चर्चा मात्र भएन त्यस विषयलाई व्यङ्ग्य मात्र होइन हेपाईका रुपमा पनि ब्याख्या गरियो।

प्रतिपक्षी दलका नेताले सदनमा बोल्ने क्रममा उपस्थित नहुनेलगायतका विषयमा प्रधानमन्त्री ओलीको आलोचना सदनबाट नै हुने गरेको थियो।

यस्तै विवादको शिलशिलामा आइतबार ओलीले अर्को विवादलाई सतहमा ल्याएका छन्। 

प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तरको विषय।

सो क्रममा प्रकाश ज्वालालगायतका अन्य सांसदका हकमा दिएको जवाफमा खासै टिप्पणी गर्न नपरे पनि आम जनता पार्टीका अध्यक्ष तथा सांसद प्रभु साहको प्रश्नको उत्तरमा भने ओलीबारे टिप्पणी भइरहेका छन्। 

यस विषयलाई स्वयम् सांसद साहले पनि सदन बाहिर टिप्पणी गरेका थिए। 

साहको टिप्पणी स्वभाविक नै मान्नुपर्छ। एक पूर्वसांसदका अनुसार प्रधानमन्त्रीले प्रश्नोत्तरमा सोधिएका प्रश्नका जवाफ दिने दायित्व हुन्छ कि त त्यस्ता प्रश्न अगाडि नै संशोधन गर्न या सच्याउन भन्नुपर्छ। 

साहको प्रश्न केही राजनीतिक थियो। तर, चार दिनअघि नै प्रधानमन्त्रीसँगको प्रश्नोत्तरका लागि पठाइएको प्रश्नमा कि मन्त्रिपषिदको कार्यालयले उत्तर दिन सकिँदैन भन्नुपथ्र्यो, कि सभामुख देवराज घिमिरेले नै यस्तो प्रश्न मिल्दैन भन्नुपर्ने थियो। तर, जब फ्लोरमा प्रश्न पुगेपछि प्रतिप्रश्न गरेर प्रधानमन्त्री ओली तर्किन मिल्दैन। यसलाई दुई वटा कसीमा राखेर व्याख्या गर्न सकिन्छ। 

पहिलो यो प्रधानमन्त्री ओलीको गल्ती हो। यदि यसलाई प्रधानमन्त्री ओलीले गल्ती मान्दैनन् भने निर्वाचित सांसद प्रभु साहमाथिको हेपाई हो।

स्मरणीय रहोस् नेकपा विभाजनका बेला साह ओलीसँग नै थिए। तर, ०७९ को निर्वाचनमा भने उनी स्वतन्त्र सांसदका रुपमा चुनावी मैदानमा उत्रिए र एमालेसँग अलग भएर आम जनता पार्टी गठन गरेका थिए। 
 

प्रकाशित मिति: सोमबार, फागुन ५, २०८१  १०:१४
प्रतिक्रिया दिनुहोस्