Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रयागराजमा कांग्रेस महामन्त्री गगनको डुबुल्की, डा. अञ्जनासहित साथमा को–को छन्?

सोमबार, फागुन ५, २०८१

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भारतको प्रयागराजमा चलिरहेको महाकुम्भमा गंगा स्नान गरेका छन्। उनले डुबुल्की मारेका तस्बिर सार्वजनिक भएका छन्।

samridhi jewllers

उनी पत्नी डा. अञ्जना केसीसहित परिवारका सदस्यसँग त्यहाँ पुगेका हुन्। साथमा कांग्रेस नेता तथा थापाका ससुरासमेत रहेका अर्जुननरसिंह केसी पनि पुगेका छन्। 

गगन थापा र डा. अञ्जना केसीबीच २०६५ साल वैशाखमा विवाह सम्पन्न भएको थियो। 

यो वैवाहिक सम्बन्धले नेपाली राजनीतिक वृत्तमा थप चर्चा पायो, किनभने दुई प्रभावशाली राजनीतिक परिवारबीचको सम्बन्धले राजनीतिक र सामाजिक क्षेत्रमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको थियो।

डा. अञ्जना केसी चिकित्सा क्षेत्रमा सक्रिय पेशेवर हुन्। उनले आफ्नो चिकित्सकीय अभ्यासमार्फत समाजसेवामा योगदान पु¥याउँदै आएकी छन्। 

गगन थापा र डा. अञ्जना केसीको वैवाहिक जीवनले राजनीतिक र सामाजिक क्षेत्रमा सक्रिय जोडीको रूपमा उदाहरण प्रस्तुत गरेको छ। 
यहि जोडी कुम्भ मेलामा देखिएका हुन्। 

कुम्भ मेला प्रत्येक १२ वर्षमा एक पटक आयोजना गरिन्छ, भने अर्धकुम्भ मेला प्रत्येक ६ वर्षमा लाग्ने गर्छ। महाकुम्भ मेला भने प्रत्येक १४४ वर्षमा मात्र एक पटक लाग्छ। 

कुम्भ मेलाको मिति ज्योतिषीय गणनाका आधारमा निर्धारण गरिन्छ, जुन सूर्य, चन्द्रमा, र बृहस्पति ग्रहको विशेष स्थितिमा निर्भर रहन्छ।

प्रयागराज (पहिलेको नाम इलाहाबाद) उत्तर प्रदेश राज्यमा पर्ने एक ऐतिहासिक तथा धार्मिक सहर हो। यो ठाउँ गंगा, यमुना, र अदृश्य सरस्वती नदीको त्रिवेणी संगमका लागि प्रसिद्ध छ। 

कुम्भ मेलाको प्रमुख आकर्षण नै त्रिवेणी संगममा स्नान गर्नु हो। यस समयमा लाखौं साधु–सन्तहरू, नागा बाबा, अखाडाका गुरुहरू तथा श्रद्धालुहरू यहाँ एकत्रित हुन्छन्।

480291182_943802111200704_4579118849382372013_n-1739783511.jpg

480393379_943801737867408_5458692529613872252_n-1739783532.jpg

480256029_943801801200735_3720412819263929755_n-1739783532.jpg

480261373_943802007867381_7176139014297268632_n-1739783532.jpg

प्रकाशित मिति: सोमबार, फागुन ५, २०८१  १४:५७
प्रतिक्रिया दिनुहोस्