Nic Ad Nic Ad
Nic Ad Nic Ad

सांसद सुमना भन्छिन्– जसले झोले भने सही भने, अर्को अडिओ यसरी राखिन्

सोमबार, फागुन ५, २०८१

काठमाडौं– रास्वपा सांसद तथा पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले सांसदलाई झोले भन्नु सही रहेको तर्क गरेकी छन्।

श्रेष्ठको सचिवालयमार्फत सार्वजनिक भएको एउटा सन्देशमा उनले अडिओ समेत राखेकी छन्। उनी भन्छिन्,‘यो अडियो सुनाएर सभामुखलाई संसदमा यसबारेमा आवाज उठाउँ भन्दा समय दिनु भएन। यो त आकस्मिक नै भएन भन्नु भो।’

सुमनाले अगाडि भनेकी छन्,‘संसदमा आकस्मिक समय दिइयो– प्रधानमन्त्रीलाई कसरी प्रश्न सोध्ने भन्ने कक्षा सञ्चालन लिनमा। हामी सांसदलाई झोले किन भनियो भन्ने गुनासो सुन्नलाई। हाम्रा विद्यार्थी विदेशमा मारिदा र अनाहकमा सयौँले दुख पाउँदा त्यो कुरा संसदमा प्रवेश नपाउने तर मेरा नेतालाई किन यस्ता प्रश्न गरिस् भन्ने कुरा चै आकस्मिकमा रहने हो भने जसले झोले भने, सहि भने।’

उनले भारतको ओडिसा राज्यमा रहेको केआईआईटीको होस्टलमा एक जना नेपाली विद्यार्थी मृत फेला परेपछी त्यहाँका नेपाली विद्यार्थीले न्यायका लागि आवाज उठाउँदा, आज विश्वविद्यालयले त्यहाँका सबै विद्यार्थीलाई निस्किएर जान भनि पठाएको सन्दर्भ पनि उठाएकी छन्। उनी भन्छिन्,‘कैयौँ विद्यार्थीलाई रेलवे स्टेशन छाडिएको छ। विद्यार्थीहरू खालि हात अन्जान ठाँउमा अलपत्र छन्।’

उनले अगाडि जोडेकी छन्,‘भर्खरै एकजना अलपत्र परेका भाईले भन्नुभयो– दुतावासले यो कुरा माथीबाट डिल हुन्छ भन्छ। सरकारबाट कुनै पहल भएको छैन। यो देशमा सरकार छ?’

 

 

प्रकाशित मिति: सोमबार, फागुन ५, २०८१  १५:५९
प्रतिक्रिया दिनुहोस्