Nic Ad Nic Ad
Nic Ad Nic Ad

रास्वपा केन्द्रीय सदस्य गणेश कार्की भन्छन्– हामीभन्दा 'अलि बढि नै समान जनवार'हरू अहिले सत्तामा छन्

सोमबार, फागुन ५, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले आज सदनमा सभामुखले भारतको केआईआईटीमा भएको नेपाली विद्यार्थीहरूमाथि भएको ज्यादतीका बिषयमा आकस्मिक समय नदिएकोमा रौष प्रकट गरेका छन् ।

samridhi jewllers

कार्कीले आफ्नो फेसबुकमा दुई प्रमुख घटना भन्दै सदनमा आकस्मिक उठेका र उठ्न रोकिएको घटनाबारेमा जानकारी दिदै लेखेका छन् - १. कुन मिडियाले हो प्रधानमन्त्री ओलीलाई 'तपाई हिटलर हो' भनेर सोध्यो रे । अनि एमालेका सांसद सुर्य थापालाई 'हनुमान हो' भन्यो रे ।

२. हिजो नै भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा एकजना नेपाली विद्यार्थी मृत भेटिइन् । उनले आफुमाथि दुर्व्यवहार हुँदै गरेको भनेर उजुरी पनि दिएकी रहिछिन् तर सुनुवाइ भएनछ । मृत भेटिए पछि आत्महत्या भनेर घटनालाई सामान्य बनाउन खोजिएछ । त्यहाँ भएका नेपाली विद्यार्थीहरूले छानविनको माग गर्दै आन्दोलन गरेछन् । अनि कलेज प्रशासनले १२ सय भन्दा बढि नेपाली विद्यार्थीलाई कलेज प्रवेशमा रोक लगाएर होस्टलमा बस्नेहरूका सामान प्याक गराउँदै, लखेट्दै निकालेको रहेछ ।

उनले ति दुई घटनामा कुन आकस्मिक हुनु पर्ने भन्ने प्रश्न सोधेका छन् । अगाडि कार्की लेख्छन् - हिटलर र झोले भनेर सोधेको प्रश्न आकस्मिक बनेर संसदमा दर्ज भयो तर भारतमा नेपाली विद्यार्थीमाथि भएको ज्यादतीबारेमा बोल्न समय नपाउँदा सांसदले संसद नै बहिस्कार गरेर निस्किनु पर्यो । रोमका निरो त उसै बदनाम छन्, नत्र सत्तामा बस्नेहरू आफुलाई नपरूञ्जेल संसार जले पनि बाँसुरी बजाएरै बस्छन् । नत्र हिजो भएका दुई घटनामा सत्ता चलाउनेहरूको प्राथमिकता हेर्नुहोस् ।

कार्कीले उस्तै घटनामा पनि पक्षकारिता भएकोबारेमा असन्तुष्टि प्रकट गरेका छन् । उनले अगाडि लेखेका छन् - केहि दिन अगाडि काठमाण्डौको मम पसलमा सिलिन्डर पड्कियो । त्यहि दिन २ जना र पछि उपचाररत २ जनाको पनि मृत्यु भएर ४ जना बिते । अन्य ९ जना घाइते छन् । हिजोराति हलेसीमा भएको आगलागी पनि खाना पकाउने ग्यास सिलिन्डर पड्किएर भएको समाचार आइरहेका छन् । सरकार चुपचाप छ । पोखरामा हाइड्रोजन भरेको बेलुनमा आगोले छुँदा अर्थमन्त्री र मेयरका गाला जले । सरकारले छानविन समिति बनाएको छ ।

अन्त्यमा, गणेश कार्कीले व्यंग्यात्मक शैलीमा जर्ज वरेलले एनिमल फार्म उपन्यासलाई उदृत गर्दै लेखेका छन्, 'सबै जनवारहरू समान हुन्छन् । केहि चैँ अरू जनवारहरू भन्दा अलि बढि नै समान हुन्छन् । हामी भन्दा 'अलि बढि नै समान जनवार'हरू अहिले सत्तामा छन् ।'

कार्कीको स्टाटस जस्ताको तस्तै : 

ganesh-karki-status-1739795319.png


 

प्रकाशित मिति: सोमबार, फागुन ५, २०८१  १८:१५
प्रतिक्रिया दिनुहोस्