Nic Ad Nic Ad
Nic Ad Nic Ad

विश्वविद्यालय छाडेका नेपाली विद्यार्थीलाई यस्तो छ ओडिसा केआईआईटीको अपिल पत्र

सोमबार, फागुन ५, २०८१

काठमाडौं– कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)ले क्याम्पस छाडेका नेपाली विद्यार्थीलाई फर्केर कक्षा सुरु गर्नका लागि अपिल गरेको छ। 

एक अपिलपत्र जारी गर्दै आइतबार भएको घटनाका कारण अवस्था असामान्य भएको तर अव अवस्था सुधार भएकाले कक्षा सुधार गर्नका लागि भनिएको छ।

करिब ५ सय विद्यार्थीलाई कलेज छाड्नका लागि भनेपछि उनीहरु बाटोमा नै अलपत्र परेका थिए।

Gj_g2ALa8AAuOJv-1739809360.jpg
यता प्रधानमन्त्री केपी शर्मा ओलीले केआईआईटीमा अलपत्र रहेका र समस्यामा रहेका विद्यार्थीको समन्वयका लागि भारतस्थित राजदूतावासबाट ओडिसामा दुई कर्मचारी खटाएका छन्। 

उनले दुई कर्मचारी समन्वयका लागि खटिएको जानकारी सामाजिक सञ्जालको माध्यम एक्स मार्फत दिएका छन्। उक्त विषयको समाचार भारतका टाइम्स अफ इन्डियालगायतका मिडियाका अनलाइन संस्करणले प्रकाशण गरेका छन्।

यता, भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ टेक्नोलोजी (केआईआईटी) मा मृत भेटिएकी बिटेक अध्ययनरत छात्रा प्रकृति लम्सालका बुवा नयाँ दिल्ली पुगेका छन्।

छोरीको घटना सुनेपछि बेहोस् भएकी आमालाई भैरहवा फर्काइएको छ भने बुवा सुनिल लम्साल नयाँ दिल्ली पुगेको बताइएको छ।

रुपन्देहीको भैरहवा बैंक कलौनीकी वासिन्दा प्रकृति सिद्धार्थनगर नगरपालिका वडा नं ८ स्थायी घर भएका सुनिल लम्सालकी छोरी हुन्।

भैरहवामा स्थायी घर भए पनि लम्साल परिवार काठमाडौंमा व्यवसाय गरेर छोराछोरी पढाउँदै आएका थिए। भैरहवाको घरमा सुनिलका बुबाआमा मात्रै रहेका छन्।

सुनिल पूर्वहुँदै सिलिगुढीको बाटोबाट बागडोरा हुँदै नयाँ दिल्ली पुगिसकेका छन्।

आमा बेहोस् भएपछि स्थलमार्गमार्फत भैरहवा लगिएको छ। प्रकृतीका बुवाआमा नै शव राखिएको अस्पतालमा पुगेको बुझिएको छ। मंगलबार मात्रै शवको पोष्टमार्टम गर्ने तयारी छ।

आफन्तका अनुसार दसै बिदामा घर आएकी प्रकृतिले एक महिना घरबाटै अनलाइन कक्षा लिएकी थिइन्। त्यसपछि कलेज फर्केकी उनी घर आएकी थिइनन्।

प्रकृतीले एक महिनाअघि नै आफूलाई ब्यालकमेल गरी टर्चर दिने काम भएको भन्दै कलेज प्रशासनलाई जानकारी गराएको साथीहरुले बताएका छन्।
 

प्रकाशित मिति: सोमबार, फागुन ५, २०८१  २२:०८
प्रतिक्रिया दिनुहोस्