Nic Ad Nic Ad
Nic Ad Nic Ad

यी हुन् ओडिसा केआईआईटीकी नेपाली छात्रा प्रकृति लम्साललाई मर्न बाध्य पार्ने युवा, कुरा खुलिसक्यो

सोमबार, फागुन ५, २०८१

काठमाडौं– भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा पढ्ने भैरहवाकी प्रकृति लम्साललाई मर्न बाध्य पार्ने युवामाथि प्रहरीले आत्महत्या दुरुत्साहनको मुद्दा लगाउने भएको छ। 

ति युवालाई पक्राउ गरिसकिएको छ।

आफूलाई मानसिक यातना दिइरहेको भनेर दुई पटक लिखित उजुरी दिँदा समेत आरोपीले उन्मुक्ति पाएका कारण लम्सालको मृत्यु भएको हो। क्याम्पसले युवामाथि एक्शन नलिएका कारण उनको मनोबल बढिरहेको थियो।

प्रकृतिले कलेज प्रशासनलाई अद्विक श्रीवास्तवले पटक पटक दिइरहेको मानिसक यातनाबारे प्रमाणसहित दुई पटक उजुरी दिँदा पनि क्याम्पसले एक्शन नलिँदा नेपाली २० बर्षिया छात्रले संसार त्याग्न परेको हो। 

पटक पटक विना कारबाही छाडिएपछि श्रीवास्तवको मनोबल बढेको थियो। 

क्याम्पसको इन्टरनेशनल रिलेशन अफिसर (आईआरओ) मा निवेदन दिएकी प्रकृतिले कारबाही नहुँदा मानसिक यातना भोगिरहेकी थिइन्। 

कारबाही नभई छाडिएपछि उनले पछिल्लो समय प्रकृतिलाई धम्कीपूर्ण सन्देशसहित म्यासेज र कल गर्दै आएको खुलेको छ। 

प्रकृतिका साथीहरुले सार्वजनिक गरेको एउटा अडिओ संवादमा उनलाई ती व्यक्तिले माफी माग्न भन्दै पटकपटक आपत्तिजनक शब्दहरु बोलेको पनि भेटिएको छ।

जवाफमा प्रकृतिले आफूले केही नगरेको भन्दै रुँदै याचना गरेको सुनिन्छ । ‘मैले केही गरेको छैन’ भन्दै उनले जवाफ दिएकी छन्। युवकले त्यो संवादमा अधिकांश समय अपाच्य शब्दहरु प्रयोग गरेका छन्।

आइतबार अपराह्न ३ देखि ४ बजेको आसपासमा उनको शव कलेजको छात्रावासमा भेटिएको थियो। त्यहाँ अध्ययरत नेपाली विद्यार्थीहरुका अनुसार, प्रकृतिको कोठामा उनका अरु दुई जना साथीहरु पनि सँगै बस्दै आएका थिए। 

shreebastab-1739811530.jpg
प्रकृतिको मृत्यु भएको जानकारी पाएलगत्तै आरोपी श्रीवास्तव आइतबार राति नै भागेर घरतिर जान खोजेका थिए। नेपाली विद्यार्थीहरुले त्यसबारे थाहा पाएसँगै हल्लीखल्ली गरेका थिए।

त्यसक्रममा उनले राति साढे ८ बजे विजुपटनायक अन्तर्राष्ट्रिय विमानस्थलबाट कोलकाताको सुवासचन्द्र बोस अन्तर्राष्ट्रिय विमानस्थल जानलाई टिकट काटेको फेला परेको थियो।

प्रहरीले श्रीवास्तवलाई विमानस्थलबाट पक्राउ गरेको थियो। 

भुवनेश्वर प्रहरीका डेपुटी कमिस्नर (डीसीपी) पिनाक मिश्राले अनलाइनखबरसँग कुरा गर्दै लम्साल मृत्यु प्रकरणमा आरोपी श्रीवास्तवलाई आइतबार नै प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिए। 

भारतको दण्ड संहिताको धारा ३०६ मा आत्महत्या गर्न उक्साउन नहुने सम्बन्धी कसुर छ। त्यसमा अधिकतम १० वर्षसम्म जेल सजाय हुनसक्ने प्रावधान छ।

सोहीअनुसार कारबाहीका लागि सिफारिस हुने भुवनेश्वर प्रहरीले जनाएको छ। 

क्याम्पसमा नेपाली विद्यार्थीले बिरोध गरेपछि प्रहरी दमन गरिएको थियो भने धम्क्याएर विश्वविद्यालय छाड्न बाध्य पारिएको थियो। अहिले भने क्याम्पसले नेपाली विद्यार्थीलाई फर्किनका लागि अपिल गरेको छ।

क्याम्पसमा दुई प्लाटुनभन्दा धेरै प्रहरी परिचालन गरिएको थियो।
 

प्रकाशित मिति: सोमबार, फागुन ५, २०८१  २२:४४
प्रतिक्रिया दिनुहोस्